दिव्यश्वरी हाईड्रोपावरको नाफा ६५.५२% ले बढ्यो, कारण यस्तो

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २४ गते
दिव्यश्वरी हाईड्रोपावरको नाफा ६५.५२% ले बढ्यो, कारण यस्तो

दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीको खुद नाफा ६५.५१ प्रतिशतले बढेर १ करोड १५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६९ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको वित्त खर्च घटेको र सञ्चालन खर्चमा कमी आएको कारण नाफा वृद्धि भएको हो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ०.८८ प्रतिशतले बढेर ३ करोड ४९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रत्यक्ष खर्च १५ लाख ७६ हजारबाट बढेर १८ लाख १२ हजार रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन तथा प्रशासनिक खर्च २४ लाख ८१ हजारबाट घटेर २३ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ।

यस्तै, कम्पनीको वित्त खर्च १ करोड ४३ लाख रुपैयाँबाट घटेर ९८ लाख ८१ हजार रुपैयाँमा सीमित बनेको छ।

२६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको असोज मसान्तसम्ममा रिजर्भ फण्ड २४ करोड ३४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। कम्पनीले समीक्षा अवधिसम्म ५ करोड ४४ लाख रुपैयाँबराबरको अल्पकालिन ऋण र ५३ करोड ८१ लाख रुपैयाँबराबरको दीर्घकालिन ऋण लिएको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी  ४ रुपैयाँ ३८ पैसा, प्रतिसेयर नेटवर्थ ७ रुपैयाँ ७७ पैसा, प्रतिसेयर कुल सम्पत्ति मूल्य २८१ रुपैयाँ ९६ पैसा, मूल्य आम्दानी अनुपात ६४.३८ गुणा ऋणात्मक, र तरलता अनुपात ०.२१ प्रतिशत रहेको छ।

DHPL 2 https://bajarkochirfar.com/dibyashwari-hydropowers-profit-increased-by-65-52-the-reason-is-this | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स