दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा भोलि असार ९ गते (आइतबार) बस्दैछ। सभा काठमाडौंको मैतीदेवीस्थित अन्नपूर्ण पार्टी भेन्यू, सेतोपुलमा दिउँसो १ बजे सुरु हुनेछ। यसअघि जेठ २२ गतेका लागि बोलाइएको यो सभा गणपूरक संख्या नपुगेका कारण स्थगित गरिएको थियो।
सभामा लाभांश प्रस्ताव भने छैन। तर, कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने एजेन्डा रहेको छ।
साथै, सम्भावित मर्जर, प्रबन्धपत्र तथा नियमावली संशोधन, अघिल्ला आर्थिक वर्षहरूको लेखापरीक्षित वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिको पदपूर्ति र स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धी प्रस्तावहरू समावेश छन्।
सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, जेठ ७ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।




















प्रतिकृया