वीरगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्पोरेट विकास बैंक लिमिटेडले विभिन्न पदका लागि जनशक्ति माग गरेको छ। मधेश प्रदेशको एक मात्र विकास बैंकले कानुनी अधिकृत (जुनियर अफिसरदेखि अफिसर स्तर) र सूचना प्रविधि (आईटी) सहायक स्तरमा योग्य उम्मेदवारहरू खोजेको हो।
कानुनी अधिकृतको लागि कानूनमा स्नातक डिग्री प्राप्त र अधिवक्ता इजाजतपत्र भएका, कम्तीमा ३ वर्ष अनुभव भएका र ४५ वर्ष ननाघेका उम्मेदवार आवश्यक छन्। आईटी सहायकको लागि सूचना प्रविधिमा स्नातक, कम्प्युटर हार्डवेयर, सफ्टवेयर, नेटवर्क, पुमारी सफ्टवेयर तथा डाटाबेसमा जानकार उम्मेदवारलाई प्राथमिकता दिइनेछ। १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र नयाँ उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्। फ्रेसरले पनि आवेदन दिन सक्नेछन्।
अफिसर स्तरका लागि सर्टलिस्टिङ र अन्तर्वार्ता हुनेछ भने सहायक तहमा लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ।
इच्छुक उम्मेदवारले आफ्नो हस्तलिखित निवेदन, बायोडाटा, नागरिकता, फोटो, शैक्षिक र अनुभव सम्बन्धी कागजातहरू भदौ ५ गते (२०२५ अगस्ट २१) भित्र [email protected] मा पठाउनु पर्नेछ।


प्रतिकृया