निलगिरी खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा

निलगिरी खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा
Advertisement Ads

निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारण सभा भदौ १७ गते आयोजना गर्ने भएको छ। कम्पनीले दोस्रो पटक सूचना प्रकाशित गर्दै साधारण सभाको मिति, समय र एजेन्डा सार्वजनिक गरेको हो।

कम्पनीको साधारण सभा भदौ १७ गते बुधबार बिहान ११ बजे काठमाडौंको ठमेलस्थित एलोफ्ट होटलमा बस्नेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्य प्रगति प्रतिवेदन तथा वार्षिक लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरिनेछ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को कारोबारको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश स्वीकृत गर्ने र प्राथमिक सेयर (आईपीओ) निष्काशन सम्बन्धी प्रस्तावसमेत साधारण सभामा लैजाने भएको छ।

सभामा अन्य विषय तथा विविध विषयमा समेत छलफल हुने कम्पनीले जनाएको छ।

Screenshot 18 8 2026 16200 https://bajarkochirfar.com/nilgiri-khola-hydropower-to-issue-ipo-calls-general-meeting | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स