सेबोनले सार्वजनिक गर्यो प्राथमिक पूँजी बजार सुधार नीति, २०८३

सेबोनले सार्वजनिक गर्यो प्राथमिक पूँजी बजार सुधार नीति, २०८३
Advertisement Ads

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको प्राथमिक पूँजी बजारलाई आधुनिक, पारदर्शी र लगानीकर्तामैत्री बनाउने उद्देश्यले ‘प्राथमिक पूँजी बजार सुधार नीति, २०८३’ सार्वजनिक गरेको छ। नीतिले सार्वजनिक निष्काशन प्रक्रियालाई पूर्णतः डिजिटल, पारदर्शी र समयबद्ध बनाउँदै वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली विकास गर्ने लक्ष्य लिएको छ।

सेबोनका अनुसार नीतिमार्फत योग्य संस्थागत तथा एङ्कर लगानीकर्ताको सहभागिता बढाउने, सार्वजनिक निष्काशनपछि उठेको पूँजीको प्रभावकारी उपयोग तथा अनुगमन गर्ने र लगानीकर्ता संरक्षणलाई थप मजबुत बनाउने व्यवस्था अघि सारिएको छ। साथै, SME, प्रविधिमुखी तथा नवप्रवर्तनमा आधारित उद्यम, हरित तथा दिगो विकास परियोजनाहरूलाई पूँजी बजारमा पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।

नीतिले प्राथमिक बजारमा उच्चस्तरीय नियमन, सुशासन, पारदर्शिता र प्रविधिको प्रयोग बढाउँदै अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने वातावरण निर्माणमा समेत जोड दिएको छ। साथै, ESG तथा दिगोपनसम्बन्धी सूचना प्रवाहलाई क्रमशः संस्थागत गर्दै नेपालको प्राथमिक पूँजी बजारलाई दक्षिण एसियाकै प्रतिस्पर्धी र विश्वसनीय बजारका रूपमा विकास गर्ने रणनीतिक लक्ष्य लिइएको सेबोनले जनाएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

3 Comments
Oldest
Newest Most Voted
des raj
des raj
1 month ago

गरिने छ, हुने छ के छ यसमा पुजि वजार सुधार नितिमा

Nepali
Nepali
1 month ago

अबको वैश्विक समयमा जागिर खाने सरकारी कर्मचारीले पुँजी बजारलाई चलाउन सक्दैन्। याे थपना मात्रै हाे। यस्तो तालले देश आर्थिक रुपमा अगाडि बढ्दैन्। अन्तर्राष्ट्रिय पुँजी परिचालकाे अवस्थालाई ध्यान दिएर अर्को पुँजी बजारकाे संचालन जरुरी छ।

dinesh gautam
dinesh gautam
1 month ago

केहिपनी हुनेवाला छैन !

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स