स्टक बजारमा अत्यधिक विश्लेषण गर्ने र आफ्नै निर्णयमा बढी विश्वास गर्ने व्यक्तिहरूले नै धेरै पटक ठूलो घाटा व्यहोर्ने गरेको बजार विश्लेषक बसन्त पाण्डेले बताएका छन्। उनका अनुसार स्टक ट्रेडिङमा सफलता पाउन बजारलाई जित्ने होइन, बजारको ट्रेन्डलाई पछ्याउने क्षमता आवश्यक हुन्छ।
स्टक ट्रेडिङमा “मार्केट इज अलवेज राइट” भन्ने सिद्धान्तलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले व्यक्तिगत अनुमानभन्दा बजारले देखाइरहेको प्राइस एक्सन (Price Action) र भोल्युम (Volume) का आधारमा निर्णय लिनुपर्ने बताए।
पाण्डेका अनुसार धेरै शिक्षित, अनुभवी वा नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरूले आफ्नो विश्लेषण सही नै हुन्छ भन्ने विश्वासका कारण गलत निर्णयलाई लामो समयसम्म कायम राख्ने गल्ती गर्छन्। यही कारण सानो घाटा क्रमशः ठूलो घाटामा परिणत हुने जोखिम बढ्ने उनको भनाइ छ।
ट्रेडिङमा सबैभन्दा महत्वपूर्ण पक्ष जोखिम व्यवस्थापन (Risk Management) भएको उल्लेख गर्दै उनले गलत निर्णय भएको महसुस हुनेबित्तिकै स्टप-लस (Stop-loss) प्रयोग गरेर बाहिरिनुपर्ने सुझाव दिए। गलत बसमा चढेको थाहा पाएपछि अन्तिम गन्तव्यसम्म पुगेर फर्किनुभन्दा नजिकैको स्टपमा झरेर सही बस चढ्नु नै बुद्धिमानी हुने उदाहरण उनले दिएका छन्।
उनले स्टक बजारमा भविष्यवाणी (Prediction) गर्नुभन्दा बजारले देखाइरहेको संकेतअनुसार प्रतिक्रिया (Response) जनाउनु नै सफल ट्रेडिङको आधार भएको बताए। कुनै पनि स्टक खरिद गर्नुअघि ट्रेन्ड, मूल्य, कारोबार परिमाण (Volume) र बजारको संरचनालाई राम्रोसँग विश्लेषण गर्नुपर्ने उनको सुझाव छ।
पाण्डेका अनुसार पछिल्लो समय नेप्सेमा हायर हाई (Higher High) र हायर लो (Higher Low) बन्न थालेकाले बजारको संरचना सकारात्मक देखिएको छ। तर, बजार कहाँसम्म पुग्छ भन्ने अनुमान गर्नुभन्दा हाल देखिएको ट्रेन्डलाई पछ्याउनु नै उपयुक्त हुने उनले बताए।


![bizshort | बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/why-do-intelligent-people-lose-more-in-stock-trading Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/bizshort.png)
![corporate | बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/why-do-intelligent-people-lose-more-in-stock-trading Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/corporate.png)
![ipo calander | बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/why-do-intelligent-people-lose-more-in-stock-trading Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/ipo-calander.png)














प्रतिकृया