एनएमबी क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएका तीन वटा सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने भएका छन्।
एनएमबी क्यापिटलको सञ्चालक समितिको बैठकले एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ र एनएमबी हाइब्रिड फन्ड एल–२ का इकाइधनीलाई क्रमशः ३.१५ प्रतिशत, १० प्रतिशत र ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरणका लागि तीनवटै योजनाको बुक क्लोज भदौ ८ गते एक दिनका लागि हुने भएको छ। त्यसैले भदौ ७ गतेसम्म कायम इकाइधनीले घोषित प्रतिफल प्राप्त गर्नेछन्।

प्रतिकृया