कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले १६औं वार्षिक साधारणसभा असार १९ बोलाएको छ । बैंकको जेठ ३० गते बसेको संचालक समितिको बैठकले वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे सभा बोलाएको हो ।
सभाले आर्थिक वर्ष (आव) २०७९।८० को संचालक समिति र लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७८।७९ को वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कर्पाेरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै, साधारण सभा प्रयोजनको लागि जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सभामा सहभागिता हुन पाउनेछन् ।
#BajarkoChirfar #bazarkochirfar















प्रतिकृया