मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा पोखरास्थित होटल ग्रान्ड पार्दीमा सम्पन्न गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित कुल १८.२ प्रतिशत लाभांश अनुमोदन गरेको छ, जसअन्तर्गत १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) समावेश छन्।
सोही सभाले बैंकलाई वाणिज्य बैंकमा रूपान्तरण गर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने तथा अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ। बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ३ लाख ८८ हजार ७६७ रुपैयाँ पुग्नेछ भने गत वर्ष पारित १ अर्ब रुपैयाँ अविमोच्य अग्राधिकार सेयर जारी भएपछि जारी पूँजी ९ अर्ब नाघ्नेछ।
सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, नियामक निकायका रायअनुसार कार्यान्वयन गर्ने अख्तियारी प्रदान गरेको छ। साथै, सभाले गत वर्षको वार्षिक तथा लेखापरीक्षक प्रतिवेदन स्वीकृत गर्दै चालु आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।

















प्रतिकृया