सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ३५.८२ प्रतिशतले बढेर १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा वृद्धि भएको हो।
चौथो त्रैमाससम्ममा सिटिजन्स बैंकको खुद ब्याज आम्दानी १.४८ प्रतिशतले घटेर ४ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन आम्दानी ३.०६ प्रतिशतले बढेर ६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज २ अर्ब १६ करोड रुपैयाँबाट घटेर १ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ।
बैंकको खराब कर्जा अनुपात १.११ प्रतिशतबिन्दुले बढेर ६.८२ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकले २ खर्ब १३ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६९ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक र जगेडा कोषमा ८ अर्ब ६८ करोड २३ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५५ पैसाले बढेर ११ रुपैयाँ २३ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा रहेको छ।












![थोरै पैसामा गर्न सकिने बिजेनसहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-3-150x150.jpg)



प्रतिकृया