सिटिजन्स बैंक इन्टरनेशनलले बोलायो विशेष साधारण सभा, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १४ गते
सिटिजन्स बैंक इन्टरनेशनलले बोलायो विशेष साधारण सभा, यस्ता छन् प्रस्तावहरु

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ। जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ३ गते बिहान ९ बजे काठमाडौँको दरबारमार्गस्थित बैंकको मुख्य कार्यालयमा उक्त सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा भौतिक रूपमा तथा विद्युतीय माध्यम (जुम) दुवैमार्फत सञ्चालन गरिनेछ।

सभामा सञ्चालक समितिको प्रस्तावअनुसार रु. १०० दरका २ अर्ब रुपैयाँ बराबरको ७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिती अग्राधिकार सेयर निष्काशन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। सोका लागि बैंकको प्रबन्धपत्र संशोधन गर्ने विषय पनि सभाले पारित गर्नेछ।

प्रबन्धपत्र संशोधनअन्तर्गत अग्राधिकार सेयर जारी गरी पूँजी परिचालन गर्ने व्यवस्था थप गर्ने, अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र पूँजी संरचना संशोधन गर्ने प्रस्ताव समावेश गरिएको छ।

त्यसैगरी, समूह ‘क’ बाट १ जना संस्थापक सेयरधनी र समूह ‘ख’ बाट ३ जना सर्वसाधारण सेयरधनीको प्रतिनिधित्वका लागि सञ्चालक निर्वाचनसम्बन्धी प्रक्रिया पनि अघि बढाइनेछ। सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको निर्वाचन प्रक्रिया चैत १५ गतेको अन्तिम फैसलापछि रिट खारेज भएसँगै पुनः कार्यान्वयन गरिनेछ।

विशेष साधारणसभा प्रयोजनका लागि बैंकले जेठ २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स