पुष्पलाल इन्भेष्टमेन्टले १५ करोड रुपैयाँको आईपीओ जारी गर्ने

पुष्पलाल इन्भेष्टमेन्टले १५ करोड रुपैयाँको आईपीओ जारी गर्ने
Advertisement Ads

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

सम्झौताअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ। यसबाट कम्पनीले कुल १५ करोड रुपैयाँ पुँजी जुटाउने तयारी गरेको हो।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्टका अध्यक्ष लालप्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन्।

कम्पनीले ‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नारासहित ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार, पर्यटनलगायत विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स