एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’का इकाइ आज असोज ७ गतेदेखि बिक्री खुला भएको छ। योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ निष्काशन गर्न लागेको हो।
कुल इकाइमध्ये १ करोड २० लाख इकाइ बीज पुँजीका रूपमा कोष प्रवर्द्धक एनआईसी एसिया बैंकका लागि सुरक्षित राखिएको छ। बाँकी ६ करोड ८० लाख इकाइ भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
इकाइ खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका साथै सीडीएससीको ‘मेरो सेयर’मार्फत दिन सकिनेछ।
योजनाको इकाइ बिक्री छिटोमा असोज १३ गते र ढिलोमा असोज २१ गते बैंकिङ समयपछि बन्द हुनेछ।

प्रतिकृया