सिटिजन्स बैंककै कर्मचारीको यस्तो धन्दा: फिक्स डिपोजिटको नक्कली फाइल बनाएर झण्डै ५ करोड घोटाला

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २ गते
सिटिजन्स बैंककै कर्मचारीको यस्तो धन्दा: फिक्स डिपोजिटको नक्कली फाइल बनाएर झण्डै ५ करोड घोटाला

विराटनगर–कञ्चनबारीस्थित सिटिजन्स बैंकको शाखामा झण्डै ५ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ। आन्तरिक लेखा परीक्षणमा बैंककै कर्मचारीको मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ बराबरको रकम घोटाला भएको खुलेपछि बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ।

बैंक स्रोतका अनुसार घोटालामा कञ्चनबारी शाखामा कार्यरत पाँच जना कर्मचारीको संलग्नता देखिएको छ। आन्तरिक लेखा परीक्षणमा उक्त रकम हिनामिना गरिएको देखिएपछि बैंकले सबै संलग्न कर्मचारीलाई निलम्बन गरिसकेको छ।

स्रोतका अनुसार ती कर्मचारीहरूले ग्राहकले फिक्स डिपोजिटमा राखेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल तयार पार्ने र त्यसको आधारमा रकम निकाल्ने गरेका थिए। यसरी बनाइएका नक्कली कर्जा फाइलमार्फत ठूलो रकम बैंकबाट बाहिरिएको आन्तरिक जाँचमा खुलेको हो।

बैंक प्रशासनले हिनामिना भएको रकम असुलउपर गर्न र संलग्नमाथि कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको हो। प्रहरीले आवश्यक कागजात संकलन गरी घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स