एभरेष्ट बैंकले धनगढीमा खोल्यो १३४औँ शाखा

एभरेष्ट बैंकले धनगढीमा खोल्यो १३४औँ शाखा
Advertisement Ads

एभरेष्ट बैंक लिमिटेडले शाखा विस्तार गर्ने क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले असोज ५ गते सुदूरपश्चिम प्रदेशमा आफ्नै नयाँ भवनसमेत उद्घाटन गरेको जनाएको छ।

नयाँ भवनबाट बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत सञ्चालन गर्ने भएको छ। बैंकले हालको स्थानमा रहेको प्रादेशिक कार्यालयलाई नयाँ भवनमा स्थानान्तरण गरी सम्पूर्ण सेवा सोही भवनबाट प्रदान गर्ने जनाएको छ। नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा बैंकका शाखाको संख्या १५ पुगेको छ।

धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले संयुक्त रूपमा नयाँ शाखा तथा भवनको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

क्याम्पस चोकमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापना भएसँगै यस क्षेत्रको आर्थिक गतिविधि थप विस्तार हुने र समग्र आर्थिक विकासमा योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स