३ खर्ब निक्षेप संकलन गरी एभरेष्टले कमायो ३ अर्ब ३२ करोड नाफा, यस्तो छ तेस्रो त्रैमासको रिपोर्ट

३ खर्ब निक्षेप संकलन गरी एभरेष्टले कमायो ३ अर्ब ३२ करोड नाफा, यस्तो छ तेस्रो त्रैमासको रिपोर्ट

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ३.७१ प्रतिशतले घटेर ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्जमा उल्लेख्य वृद्धि भएका कारण नाफामा घटेको हो।

तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंक लिमिटेडको खुद ब्याज आम्दानी १.३३ प्रतिशतले बढेर ६ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ९.२२ प्रतिशतले बढेर ८ अर्ब ९३ करोड १० लाख रुपैयाँ पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज २७ करोड २९ लाख रुपैयाँबाट बढेर ७७ करोड ७४ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा ३.५३ प्रतिशतले घटेर ४ अर्ब ९० करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको खराब कर्जा अनुपात ०.०३ प्रतिशतबिन्दुले घटेर ०.६१ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ३४ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १९ अर्ब ७९ करोड ५८ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २६ पैसा घटेर ३२ रुपैयाँ ३५ पैसामा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा पुगेको छ।

EVEREST BANK 1 https://bajarkochirfar.com/everest-earned-a-profit-of-3-32-billion-rupees-after-collecting-3-trillion-rupees-in-deposits-this-is-the-third-quarter-report | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स