insta insta

लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
Advertisement Ads

एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको १५ प्रतिशत लाभांश पारित गर्न ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १४ गते बिहान १० बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा साधारण सभा गर्ने निर्णय गरेको हो।

बैंकले चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई वितरण गर्न लागिएको हो।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्तावमाथि निर्णय गर्नेछ। यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसैले असोज १ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स