एभरेष्ट बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

एभरेष्ट बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको ४०२ औँ बैठकले प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने निर्णय गरेको हो। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गरिनेछ।

बैंकले हाल कायम रु. १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ चुक्ता पुँजीको आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरिनेछ। प्रस्तावित १० प्रतिशत नगद लाभांशमा बोनस सेयरमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

लाभांशसम्बन्धी प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।

Advertisement Ads

Screenshot 27 8 2026 16651 www.nepalstock.com https://bajarkochirfar.com/everest-banks-dividend-announcement-how-much-bonus-and-cash-is-being-given | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Mohan Pant
Mohan Pant
1 month ago

Yo bank mgmt. Khattam rahe6. 38% capacity, dine 15%
Karmachari le khane 3 month bonus.

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स