सिटिजन्स बैंकको विशेष साधारणसभा सम्पन्न, केके प्रस्ताव भए पारित ?

सिटिजन्स बैंकको विशेष साधारणसभा सम्पन्न, केके प्रस्ताव भए पारित ?

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आठौं विशेष साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ।

सभाले बैंकको नियमावलीअनुसार समूह ‘क’ (संस्थापक सेयरधनी) तर्फबाट अनिलकुमार ज्ञवाली तथा समूह ‘ख’ (सर्वसाधारण सेयरधनी) तर्फबाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसीलाई सञ्चालकमा निर्वाचित गरेको छ।

यससँगै विशेष साधारणसभाले बैंकको प्राथमिक पूँजीकोष अनुपात सुदृढ बनाउन, व्यवसाय विस्तार गर्न तथा जोखिम वहन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (Perpetual Non-Cumulative Preference Shares) जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स