नेपाली फिल्म आबाट आमा’ को करोडौँको व्यापार, ‘रमिताको पिरती’ र ‘बिगुल’लाई दर्शकको खडेरी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १९ गते
नेपाली फिल्म आबाट आमा’ को करोडौँको व्यापार, ‘रमिताको पिरती’ र ‘बिगुल’लाई दर्शकको खडेरी

कुमारी, रमिताको पिरती र बिगुल चलचित्रले घरेलु बक्सअफिसमा अपेक्षित व्यापार गर्न सकेका छैनन्। चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्सअफिसले सार्वजनिक गरेको विवरण अनुसार, यो तथ्य १६ फागुनसम्मको कमाइमा आधारित रहेको छ।

दिनेश राउत निर्देशित ‘कुमारी’ ले ६४ लाख ४८ हजार १२६ रुपैयाँ ग्रस कमाएको छ र १९ हजार ९५९ जना दर्शकले हेरेका छन्।

 सुदिप्ता अधिकारी निर्देशित ‘रमितको पिरती’ ले २८ लाख ६८ हजार १४३ रुपैयाँ ग्रस कमाएको छ र अहिलेसम्म ८ हजार ७३७ जनाले हेरेका छन्।

 प्रदर्शन हुँदाहुँदै हलबाट उतारिएको ‘बिगुल’ को ग्रस कमाइ ९ लाख २८ हजार ८६० रुपैयाँ छ, जसलाई २७ सय २२ जनाले हेरेका छन्।

यसैबीच, चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ ले १२ करोड २३ लाख ३८ हजार ८२९ रुपैयाँ ग्रस कमाएको छ र यसवर्षको घरेलु बक्सअफिसमा दोस्रो धेरै कमाउने फिल्म बनेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स