माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले एघारौं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ। कम्पनीले सभा हुने स्थान भने सूचनामा खुलाएको छैन ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन।
सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि कम्पनी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाएको छ। सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार पुस ११ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।



















प्रतिकृया