insta insta

लाभांश पारित गर्न आईसीएफसी फाइनान्सको साधारण सभा बस्दै, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न आईसीएफसी फाइनान्सको साधारण सभा बस्दै, बुक क्लोज कहिले ?
Advertisement Ads

 आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्तावित १०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्न २३औँ वार्षिक साधारण सभा बोलाएको छ।

फाइनान्स सञ्चालक समितिले असोज १३ गते मंगलबार काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा साधारण सभा गर्ने निर्णय गरेको हो। सभा बिहान १० बजे सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले कर प्रयोजनार्थसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। उक्त प्रस्ताव पारित भएपछि सेयरधनीले सोहीअनुसार लाभांश प्राप्त गर्नेछन्।

यसैगरी, साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावमाथि निर्णय गर्नेछ। लेखापरीक्षक नियुक्तिसहित अन्य आवश्यक प्रस्ताव पनि सभामा पेस हुनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फाइनान्सले असोज ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसैले असोज २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स