आईसीएफसी फाइनान्सको आग्रह: ५ वर्षभन्दा पुरानो नगद लाभांश एक महिनाभित्र बुझिलिनुहोस्

आईसीएफसी फाइनान्सको आग्रह: ५ वर्षभन्दा पुरानो नगद लाभांश एक महिनाभित्र बुझिलिनुहोस्

आईसीएफसी फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई पाँच वर्षभन्दा पुरानो नगद लाभांश एक महिनाभित्र बुझिलिन आग्रह गरेको छ।

कम्पनीका अनुसार १५औँ र १६औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को नगद लाभांश हालसम्म पनि केही सेयरधनीले नबुझेका छन्। त्यसैले लाभांश बाँकी रहेका सेयरधनीलाई कम्पनीको शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सालमा सम्पर्क गरी आफ्नो बक्यौता रकम लिन अनुरोध गरिएको छ।

कम्पनीले सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र पनि लाभांश नबुझेमा कम्पनी ऐन, २०६३ को दफा १८२ बमोजिम उक्त रकम स्वतः लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ।

लाभांश बुझ्न बाँकी रहेका सेयरधनीहरूको विवरण आईसीएफसी फाइनान्स र ग्लोबल आइएमई क्यापिटलको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यस्तै, आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्मको नगद लाभांश बैंक खातामा जम्मा हुन नसकेका सेयरधनीलाई सम्बन्धित निक्षेप सदस्य (डीपी) मार्फत बैंक खाता विवरण अद्यावधिक गर्न आग्रह गरिएको छ।

कम्पनीले भौतिक रूपमा रहेका सेयरलाई पनि यथाशीघ्र अभौतिकीकरण (डिम्याट) गर्न अनुरोध गरेको छ। हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खाता नम्बर नमिल्दा वा अन्य प्राविधिक कारणले आईपीएसमार्फत रकम पुनः पठाउनुपरेमा प्रति सेयरधनी ५ रुपैयाँ रि–प्रोसेस शुल्क लाग्ने जानकारी पनि कम्पनीले दिएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स