इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि सहायक कामदारको आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले महिला १ हजार १३२ र पुरुष ३३२ गरी कुल १ हजार ४६४ जना कामदारका लागि आवेदन खुलाएको हो।
आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गतको एफईआरएमएस प्रणालीमार्फत दिन सकिनेछ।
छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको नियमअनुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुने सूचनामा उल्लेख छ।
कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ भने हप्तामा एक दिन बिदा पाउनेछन्। वार्षिक बिदा इजरायली कानुनअनुसार हुनेछ।
कामदारका लागि खानाको व्यवस्था हुने छैन। बस्ने व्यवस्था कम्पनीले गरे पनि त्यसको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ।

प्रतिकृया