दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सिक्लेस हाईड्रोपावर लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।
सिक्लेस हाईड्रोपावरले मङ्सिर १८ गते साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। कम्पनीले मङ्सिर २९ गते पोखराको घारीपाटनस्थित आभ्या क्लबमा साधारणसभा बोलाएको छ।
प्रस्ताव अनुसार, आ.व. २०८०/८१ र २०८१/८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बराबर (१२ करोड ७५ लाख रुपैयाँ) बोनस सेयर र कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.७८९ प्रतिशत (६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। बोनस सेयर जारी भएपछि कम्पनीले १:१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरी अन्य जलविद्युत आयोजनामा लगानी गर्ने योजना पनि बनाएको छ।
त्यस्तै, आईसीएफसी फाइनान्सले लाभांश तथा साधारण सभा प्रयोजनका लागि यही मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ र मङ्सिर १८ गते सार्वजनिक विदा परेकोले आज, मङ्सिर १७ सम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने छन्। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ, जुन कम्पनीको ८ वर्ष यता उच्चतम लाभांश हो। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ छ।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया