प्राइम कमर्सियल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
बैंकले जारी गरेको १० वर्षे अवधिको ‘प्राइम बैंक डिबेन्चर, २०९३’ भदौ २२ गते नेप्सेमा सूचीकृत भएको हो। उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर रहेको छ।
प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन्। भदौ २३ गते सार्वजनिक बिदा परेकाले यी ऋणपत्रको कारोबार भदौ २४ गतेदेखि सुरु हुने नेप्सेले जनाएको छ।


प्रतिकृया