insta insta

५ वटा कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

५ वटा कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?
Advertisement Ads

ठेक्का सम्झौताअनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सम्बन्धित कार्यालयको सिफारिसका आधारमा तीन कम्पनीलाई एक वर्ष, एक कम्पनीलाई दुई वर्ष र एक कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको हो।

इन्द्रायणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि, बस्नेत निर्माण सेवा र सी. ब्रदर्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यस्तै, काठमाडौं तीनकुनेस्थित गणपति ग्रुप अफ कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीलाई कारबाही गर्न मध्यपहाडी राजमार्ग योजना कार्यालय, पालुङटारले सिफारिस गरेको थियो।

धनुषाको अभिनाश निर्माण सेवालाई भने तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। दीपककुमार साह मुख्य व्यक्ति रहेको उक्त कम्पनीलाई संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, बबरमहलले कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको कारबाही अवधिभर सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

Screenshot 3 9 2026 12137 epaper.gorkhapatraonline.com https://bajarkochirfar.com/if-5-companies-are-blacklisted-for-how-long-will-they-not-be-allowed-to-do-what | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स