चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारका अनुसार चितवन, मकवानपुर र धादिङ जिल्लामा उक्त दिन सार्वजनिक बिदा हुनेछ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्वागी पर्वका अवसरमा बिदा दिने व्यवस्था गरेको हो।
चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको न्वागी पर्वलाई लक्षित गरी प्रदेश सरकारले सम्बन्धित तीन जिल्लामा सार्वजनिक बिदा घोषणा गरेको जनाएको छ।

प्रतिकृया