SHAREHUB SHAREHUB

निफ्राको लाभांश घोषणा, कति दिँदैछ ?

Advertisement Ads
निफ्राको लाभांश घोषणा, कति दिँदैछ ?
Advertisement Ads

नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’ लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको १९१औँ बैठकले चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ नगद लाभांश (लाभांश कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले प्रस्तावित नगद लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ। सञ्चालक समितिको बैठक २०८३ साल भाद्र १४ गते आइतबार बिहान ७:३० बजे बसेको थियो।

नेपाल राष्ट्र बैंकबाट लाभांश स्वीकृत भएपछि पनि यसको वितरणका लागि साधारण सभाबाट प्रस्ताव पारित हुनुपर्नेछ। साथै, कम्पनी ऐन, २०६३ को दफा १८२ (२) अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति प्राप्त भएपछि मात्र स्वीकृत लाभांश वितरण गर्ने निर्णय बैंकले गरेको छ।

Screenshot 31 8 2026 101555 www.nepalstock.com https://bajarkochirfar.com/nifras-dividend-announcement-how-much-is-it-paying | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स