insta insta

सिटिजन्स बैंकको नेतृत्वमा मर्स्याङ्दी बेँसी हाइड्रोमा ७ अर्ब ५० करोड लगानी जुट्यो

सिटिजन्स बैंकको नेतृत्वमा मर्स्याङ्दी बेँसी हाइड्रोमा ७ अर्ब ५० करोड लगानी जुट्यो
Advertisement Ads

 लमजुङमा निर्माण हुने ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाका लागि ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ। सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाइमा लगानीकर्ता बैंकहरू र आयोजना प्रवर्द्धक दिव्यज्योति हाइड्रोपावरबीच सहवित्तीयकरण कर्जा सम्झौता भएको हो।

आयोजनाको अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ। कुल लागतको ६७ प्रतिशत बैंक ऋण र बाँकी ३३ प्रतिशत स्वपुँजीबाट जुटाइनेछ। आयोजना चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाबाट वार्षिक ३१२.६०२ गिगावाट घन्टा विद्युत् उत्पादन हुने र उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदिपुर सबस्टेसनमा जोडिनेछ।

सिटिजन्स बैंकका अनुसार बैंकको लगानीमा हालसम्म २७४.४०१ मेगावाट क्षमताका १६ आयोजना निर्माण सम्पन्न भएका छन् भने १ हजार ३३०.८२५ मेगावाट क्षमताका २६ आयोजना निर्माणाधीन छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स