लमजुङमा निर्माण हुने ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाका लागि ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ। सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाइमा लगानीकर्ता बैंकहरू र आयोजना प्रवर्द्धक दिव्यज्योति हाइड्रोपावरबीच सहवित्तीयकरण कर्जा सम्झौता भएको हो।
आयोजनाको अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ। कुल लागतको ६७ प्रतिशत बैंक ऋण र बाँकी ३३ प्रतिशत स्वपुँजीबाट जुटाइनेछ। आयोजना चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजनाबाट वार्षिक ३१२.६०२ गिगावाट घन्टा विद्युत् उत्पादन हुने र उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदिपुर सबस्टेसनमा जोडिनेछ।
सिटिजन्स बैंकका अनुसार बैंकको लगानीमा हालसम्म २७४.४०१ मेगावाट क्षमताका १६ आयोजना निर्माण सम्पन्न भएका छन् भने १ हजार ३३०.८२५ मेगावाट क्षमताका २६ आयोजना निर्माणाधीन छन्।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया