नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।
यससम्बन्धी सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेका छन्।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १० वर्ष अवधिका ५.५ प्रतिशत वार्षिक ब्याजदर भएका ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। यसबाट बैंकले कुल ४ अर्ब रुपैयाँ ऋणपुँजी जुटाउनेछ।
कुल ऋणपत्रमध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ। सार्वजनिक निष्काशनबाट बिक्री हुनेमध्ये ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइने बैंकले जनाएको छ।

प्रतिकृया