SHAREHUB SHAREHUB

त्रिशूली–३ ‘बी’ हब पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रोको विद्युत उत्पादन बन्द, आफ्नै आयोजनामा भने कुनै क्षति छैन

Advertisement Ads
त्रिशूली–३ ‘बी’ हब पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रोको विद्युत उत्पादन बन्द, आफ्नै आयोजनामा भने कुनै क्षति छैन
Advertisement Ads

नुवाकोटको त्रिशूली नदी क्षेत्रमा रहेको नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ ‘बी’ हब पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आयोजना सञ्चालन बन्द भएको छ।

कम्पनीका अनुसार २०८३/०४/११ गते नुवाकोटको सूर्यगढी गाउँपालिका–२, लच्याङमा गएको पहिरोका कारण त्रिशूली–३ ‘बी’ हबदेखि समुन्द्रटार सबस्टेशनसम्म जडान भई सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइन क्षतिग्रस्त भएको थियो। त्यसपछि आयोजना सञ्चालनमा अवरोध आएको थियो।

उक्त प्रसारण लाइनको मर्मतसम्भारको काम अन्तिम चरणमा पुगेर सञ्चालनमा आउने क्रममा २०८३/०५/१० गते भोटेकोशीमा आएको भीषण बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा रहेको नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ ‘बी’ हब पूर्ण रूपमा क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ।

प्राकृतिक विपद्का कारण सूर्यकुण्ड हाइड्रोको आफ्नै आयोजनामा भने कुनै क्षति नभएको कम्पनीको भनाइ छ। तर विद्युत् प्रसारण तथा निकासीका लागि आवश्यक नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ ‘बी’ हब पूर्ण रूपमा क्षतिग्रस्त भएपछि विद्युत् प्रसारणमा अवरोध उत्पन्न भएकाले आयोजना सञ्चालन बन्द रहेको कम्पनीले जनाएको छ।

कम्पनीले राष्ट्रिय प्रसारण लाइनको वैकल्पिक व्यवस्था वा त्रिशूली–३ ‘बी’ हबको पुनःस्थापना भई विद्युत् प्रसारण प्रणाली सामान्य अवस्थामा आएपछि आयोजना पुनः सञ्चालनमा आउने जानकारी दिएको छ।

Advertisement Ads

Screenshot 31 8 2026 115347 www.nepalstock.com https://bajarkochirfar.com/suryakunda-hydros-power-generation-has-been-halted-after-trishuli-3-b-hub-was-completely-damaged-but-there-was-no-damage-to-its-own-project | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स