सूर्यकुण्ड हाइड्रोको ३४ हजार बढी कित्ता सेयरको लकइन अवधि सकिँदै

सूर्यकुण्ड हाइड्रोको ३४ हजार बढी कित्ता सेयरको लकइन अवधि सकिँदै

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको ३४ हजार ४८४ कित्ता सेयरको लकइन अवधि भदौ ४ गतेबाट समाप्त हुने भएको छ।

धितोपत्र निष्काशनसम्बन्धी व्यवस्थाअनुसार कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई सेयर बाँडफाँड गरेको मितिबाट सामूहिक लगानी कोषलाई छुट्याइएको सेयर छ महीनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सूर्यकुण्ड हाइड्रोको उक्त सेयरको लकइन अवधि भदौ ४ गतेबाट सकिन लागेको हो।

यस्तै, संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीतर्फको सेयर भने सर्वसाधारणलाई आईपीओ बाँडफाँड भएको मितिबाट तीन वर्षसम्म लकइनमा रहने व्यवस्था रहेको छ।

Screenshot 16 7 2026 12556 www.nepalstock.com https://bajarkochirfar.com/lock-in-period-for-over-34000-shares-of-suryakunda-hydro-ends | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

सिफारिस

होमपेज बिज शर्ट्स