insta insta

भोटेकोशी–त्रिशूली बाढीः २५ अर्ब ८७ करोड बढीको बिमा दाबी पर्ने अनुमान, कुन कम्पनीमा कति ?

भोटेकोशी–त्रिशूली बाढीः २५ अर्ब ८७ करोड बढीको बिमा दाबी पर्ने अनुमान, कुन कम्पनीमा कति ?
Advertisement Ads

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिका कारण विभिन्न निर्जीवन बिमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक बिमा दाबी पर्ने अनुमान गरिएको छ।

नेपाल बिमा प्राधिकरणमा भदौ १५ गतेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीबाट कुल ५८३ बिमित प्रभावित भएका छन्। उनीहरूको क्षतिबापत अनुमानित २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी पर्ने देखिएको हो।

प्रारम्भिक विवरणअनुसार सबैभन्दा ठूलो दाबी द ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा पर्ने अनुमान गरिएको छ। उक्त कम्पनीमा मात्रै १३ अर्ब ४ करोड २१ लाख रुपैयाँ बराबरको दाबी पर्ने देखिएको छ।

त्यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्समा २ अर्ब १० करोड २८ लाख रुपैयाँ बराबरको दाबी पर्न सक्ने प्रारम्भिक अनुमान छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ तथा शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी पर्ने अनुमान गरिएको छ।

अन्य बिमा कम्पनीतर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्समा ६४ करोड ७८ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ५१ करोड ७० लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २४ करोड २३ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्समा २३ करोड ८६ लाख रुपैयाँ बराबरको दाबी पर्न सक्ने देखिएको छ।

यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १८ करोड ७३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ११ करोड ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ३ करोड १२ लाख रुपैयाँ बराबरको क्षतिको दाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्राधिकरणमा प्राप्त विवरणअनुसार राष्ट्रिय बिमा कम्पनीमा ७६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा ५३ लाख ३५ हजार रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा ५ लाख रुपैयाँ बराबरको दाबी पर्न सक्ने उल्लेख छ।

उक्त विवरण भदौ १५ गतेसम्म प्राप्त प्रारम्भिक तथ्यांकमा आधारित भएकाले बिमा दाबीको वास्तविक रकम क्षतिको विस्तृत मूल्यांकन तथा दाबी फर्छ्योटको प्रक्रियापछि यकिन हुने विषय हो।

download https://bajarkochirfar.com/bhotekoshi-trishuli-floods-insurance-claims-of-over-rs-25-87-billion-are-expected-how-much-will-be-claimed-by-which-company | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स