SHAREHUBSHAREHUB

भोटेकोशी बाढीपछि राहत कोषमा सहयोगको ओइरो, ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी संकलन

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र १२ गते
AdvertisementAds
भोटेकोशी बाढीपछि राहत कोषमा सहयोगको ओइरो, ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी संकलन
AdvertisementAds

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।

अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेको कोषको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको हो।

बुधबार बिहान नेपाल–चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठकमार्फत प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि कोषमा व्यक्ति तथा विभिन्न संस्थाबाट सहयोग रकम जम्मा हुन थालेको हो।

सरकारले कोषमा रकम संकलन तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन्। व्यक्तिगततर्फको नगद सहयोग भने दाताहरूले मन्त्रालयमै पुगेर प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।

नयाँ सहयोग रकम थपिएसँगै कोषमा रहेको बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत रहेको थियो।

AdvertisementAds

यसैगरी, बिहीबार मात्रै ६ घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।

कोषमा जम्मा भएको उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग भने समावेश नभएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स