insta insta

अब काठमाडौंमा होटल–रेस्टुरेन्टले ग्यास किन्न नपाउने

अब काठमाडौंमा होटल–रेस्टुरेन्टले ग्यास किन्न नपाउने
Advertisement Ads

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। ग्यासका बुलेट काठमाडौं आउन नसक्ने अवस्था बनेपछि नेपाल आयल निगमले तत्कालका लागि होटल, रेस्टुरेन्ट, क्यान्टिन तथा अन्य व्यावसायिक प्रयोजनमा ग्यास बिक्री वितरण रोक्ने निर्णय गरेको छ।

निगमका अनुसार अहिले घरायसी तथा अत्यावश्यक उपभोक्तालाई मात्र प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइनेछ। आपूर्ति सहज बनाउन काठमाडौंमा वितरण हुने ग्यास तराईका उद्योगमै सिलिन्डर भरेर वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाइएको छ।

विशेषगरी विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, आश्रम, अपाङ्गता भएका व्यक्ति तथा बाढीपीडितका लागि सञ्चालन गरिएका केन्द्रलाई आवश्यकताअनुसार ग्यास उपलब्ध गराइनेछ।

व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने ठूला होटल, उद्योग तथा व्यवसायीले आफूले प्रयोग गर्ने ब्रान्डको सिलिन्डर सम्बन्धित डिलर वा उद्योगसँग समन्वय गरी तराईका उद्योगबाट आफैं रिफिल गरेर ल्याउनुपर्नेछ। आफ्नै सवारी तथा ढुवानी व्यवस्थामार्फत उपत्यकाबाहिरका उद्योगबाट ग्यास ल्याउन सकिनेछ।

निगमका ग्यास विभाग प्रमुख विनीतमणि उपाध्यायका अनुसार घरायसी उपभोक्ताको आपूर्ति सहज बनाउन उपत्यकाका डिपो तथा विक्रेताबाट व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री नगर्ने नीति लिइएको हो।

यसैबीच, बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन निगमको क्यूआरटीमा ग्यास विक्रेताका तर्फबाट दुई जना प्रतिनिधि सहभागी गराउने निर्णयसमेत गरिएको छ।

कृष्णभीरमा सडक भासिएपछि हेटौंडा, चितवन, नवलपरासीलगायतका क्षेत्रबाट काठमाडौं आउने ग्यास आपूर्ति शृङ्खला प्रभावित भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स