हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदयकुमार निरौलाको राजीनामा स्वीकृत भएको छ। व्यक्तिगत कारण देखाउँदै निरौलाले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको हो।
कम्पनीका सञ्चालकहरू सम्पत्ति शुद्धीकरण अनुसन्धानमा जोडिएपछि निरौला गत चैतमा हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष बनेका थिए। तर अध्यक्ष बनेको करिब पाँच महिनामै उनले पदबाट राजीनामा दिएका हुन्।
यसअघि पनि हिमालयन रिइन्स्योरेन्सका केही सञ्चालकहरूले राजीनामा दिँदै कम्पनीबाट बाहिरिएका थिए।


प्रतिकृया