हिमालयन रि–इन्स्योरेन्सका सीईओसहित ५ अधिकारीलाई बिमा प्राधिकरणको सात दिने स्पष्टीकरण

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३ गते
हिमालयन रि–इन्स्योरेन्सका सीईओसहित ५ अधिकारीलाई बिमा प्राधिकरणको सात दिने स्पष्टीकरण

नेपाल बिमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित पाँच जना उच्च व्यवस्थापनका अधिकारीसँग सात दिने स्पष्टिकरण सोधेको छ ।

कम्पनीमा आर्थिक अनियमितता भएको आशंका देखिएपछि प्राधिकरणले सो बारे स्पष्टीकरण सोधेको हो। प्राधिकरणले सीईओ उपासना पौडेलसहित, डेपूटी सीईओ मुकेश कुमार कपुर र कार्यकारी निर्देशकहरु मनिश कुमार, शिशिर गैह्रे, सन्तोष केसीलाई सात दिने स्पष्टिकरण सोधेको हो ।

यसअघि सम्पत्ति शुद्धीकरण विभागले फागुन २८ गते प्राधिकरणलाई पत्र लेख्दै हिमालयन रि–इन्स्योरेन्स र त्यससँग सम्बन्धित संस्थाहरूबाट रकम दुरुपयोग भएको विषयमा छानबिन गरि प्रतिवेदन पेस गर्न आग्रह गरेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स