हिमालयन रि–इन्स्योरेन्सको वार्षिक साधारणसभा आज बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने भएको छ। सभामा कम्पनीले हालको चुक्ता पूँजीमा आधारित रही ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश सहित कुल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ।
साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरिनेछ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावहरू पनि सभाको एजेन्डामा छन्।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया