लाभांश प्रस्ताव पारित गर्न हिमालयन रि–इन्स्योरेन्सको साधारणसभा आज बस्दै, कति दिँदैछ लाभांश ?



Advertisement
Ads

हिमालयन रि–इन्स्योरेन्सको वार्षिक साधारणसभा आज बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने भएको छ। सभामा कम्पनीले हालको चुक्ता पूँजीमा आधारित रही ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश सहित कुल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ।

साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरिनेछ।


Advertisement

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावहरू पनि सभाको एजेन्डामा छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर