हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज २०८२ साल जेष्ठ २५ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरिएको छ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत अनुमोदन गरिएको छ।
सभाले हाल कायम रु. १० अर्ब ४० करोड चुक्ता पूँजीमा ४.५० प्रतिशतका दरले हुने रु. ४६ करोड ८० लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि रु. २ करोड ४६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने निर्णय पनि सभाबाट पारित भएको छ।
निजी क्षेत्रद्वारा प्रवर्द्धित हिमालयन रिइन्स्योरेन्स लिमिटेड नेपालको एकमात्र अन्तर्राष्ट्रिय रेटिङ्गप्राप्त पुनर्बीमा कम्पनी हो। कम्पनीले विश्वविख्यात रेटिङ्ग एजेन्सी एएम बेष्ट बाट ‘B+’ रेटिङ्ग प्राप्त गर्न सफल भएको छ।
अन्तर्राष्ट्रिय बीमा बजारमा आफ्नो उपस्थिति सुदृढ बनाउँदै कम्पनीले हालसम्म ५२ भन्दा बढी देशहरूबाट पुनर्बीमा व्यवसाय भित्र्याएको छ, जसले कम्पनीलाई एक उदाउँदो पुनर्बीमा कम्पनीको रुपमा परिचित गराएको छ।
त्यस्तै, सभाले कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र अभिलेख गराउने प्रक्रिया सम्बन्धी कुनै निर्देशन नियामक निकायबाट प्राप्त भएमा सोही बमोजिम आवश्यक कार्य गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ।









![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)




![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया