आज मंसिर २९ गते पाँच वटा कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ। यी सबै कम्पनीहरूले आफ्ना सेयरधनीहरूका लागि लाभांश वितरणसम्बन्धी प्रस्ताव अघि सारेका छन्।
माउन्टेन इनर्जी नेपाल लिमिटेडले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीको १२औँ वार्षिक साधारणसभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेदेखि १२ बजेसम्म आयोजना हुँदैछ। कम्पनीले मंसिर १७ गते बुक क्लोज गरिसकेको छ।
कृषि विकास बैंक लिमिटेडले ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। साथै अविमोच्य असंचिति अग्राधिकार सेयरधनीहरूका लागि ६ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरिएको छ। प्रस्ताव पारित गर्न बैंकको १९औँ वार्षिक साधारणसभा आज भक्तपुरको बोडेस्थित केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे बस्दैछ। बैंकले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले कर सहित १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न बैंकको ३९औँ वार्षिक साधारणसभा आज काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजे आयोजना हुँदैछ। बैंकले मंसिर १६ गते बुक क्लोज गरिसकेको छ।
आईसीएफसी फाइनान्स लिमिटेडले कर सहित १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारितका लागि कम्पनीको २२औँ वार्षिक साधारणसभा आज काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजे बस्दैछ। कम्पनीले मंसिर १९ गते बुक क्लोज गरिसकेको छ।
त्यस्तै, सिक्लेस हाइड्रोपावर लिमिटेडले १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। लाभांश पारित गर्न कम्पनीको २०औँ तथा २१औँ वार्षिक साधारणसभा आज पोखराको घारपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे आयोजना हुँदैछ। कम्पनीले मंसिर १८ गते बुक क्लोज गरिसकेको छ। साथै कम्पनीले बोनस सेयर वितरणपछि १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ।










![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)


![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया