instainsta

यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ११ गते
यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?
AdvertisementAds

छ कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ गते अन्तिम दिन रहेको छ। आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरूण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि शाइन रेसुङ्गा, सर्वोत्तम सिमेन्ट र निफ्राले भोलि मङ्सिर १२ गते बुक क्लोज गर्नेछन् भने कृषि विकास बैंक, बरूण हाइड्रोपावर र ङादी ग्रुप पावरले मङ्सिर १४ गते आइतबार बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसअनुसार आजसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरूलाई यी कम्पनीहरूको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्ने योग्यता रहनेछ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै मङ्सिर २६ मा साधारणसभा रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सि.के प्रा.लि. मा दिउँसो साढे १२ बजे  बोलाएको छ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आफ्नो सातौँ वार्षिक साधारण सभा मंसिर २६ गते, शुक्रबार, रुपन्देहीको होटल सिद्धार्थ भिलासा, भैरहवामा बिहान ११ बजे बोलाएको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ६.३१५८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आफ्नो सातौँ वार्षिक साधारण सभा मंसिर २३ गते, मंगलबार, काठमाडौँको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वटमा बिहान ९ बजे बोलाएको छ।

कृषि विकास बैंकले ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ र यसको साधारणसभा मंसिर २९ गते भक्तपुरको बोदेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा  बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।

ङादी ग्रुप पावरले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते काठमाडौँको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, बरुण हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश सहित कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्नका लागि कम्पनीले मंसिर २६ गते काठमाडौँको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे वार्षिक साधारण सभा बोलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स