आज काठमाडौंका यी स्थानबाट हुँदैछ ग्यास सिलिन्डर बिक्री, कहाँ कुन ग्यास पाइन्छ?

आज काठमाडौंका यी स्थानबाट हुँदैछ ग्यास सिलिन्डर बिक्री, कहाँ कुन ग्यास पाइन्छ?
Advertisement Ads

काठमाडौंमा खाना पकाउने ग्यासको अभाव भइरहेका बेला नेपाल आयल निगमले आज शनिबार पाँच स्थानबाट विभिन्न ब्रान्डका एलपी ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्यास उद्योगीमार्फत तोकिएका स्थानमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गरिनेछ।

निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास बिक्री हुनेछ। चावहिलको यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ग्यास उपलब्ध हुनेछ।

त्यस्तै, कीर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइवावा र ओम ग्यास बिक्री हुनेछ। वसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल राधास्वामी, एचपी राधास्वामी, एभरेष्ट/सुगम राधास्वामी, भानु र ओम ग्यास बिक्री गरिनेछ।

पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास बिक्री हुने निगमले जनाएको छ।

ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

774471018 1086757670690764 9094465957119724960 n e1786760901837 https://bajarkochirfar.com/gas-cylinders-are-being-sold-from-these-locations-in-kathmandu-today-which-gas-is-available-where | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स