राष्ट्र बैंकको कारबाहीमा परे ३ वाणिज्य बैंक, कुनलाई कस्तो सजाय ?

राष्ट्र बैंकको कारबाहीमा परे ३ वाणिज्य बैंक, कुनलाई कस्तो सजाय ?
Advertisement Ads

 नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा इजाजतपत्रप्राप्त ‘क’ वर्गका बैंकमाथि गरिएको कारबाही सार्वजनिक गरेको छ। यसक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक लिमिटेडमाथि कारबाही गरिएको छ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ को व्यवस्था उल्लंघन गर्दै समयमै बैंक खाता रोक्का नगरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम सचेत गराइएको छ।

त्यसैगरी कृषि विकास बैंक लिमिटेडले पनि विशेष स्थलगत निरीक्षणका क्रममा नेपाल राष्ट्र बैंक तथा कानून कार्यान्वयन गर्ने निकायको अनुरोधबमोजिम समयमै बैंक खाता रोक्का नगरेको पाइएकाले बैंकलाई भविष्यमा विनियमावलीअनुसार कार्य गर्न सचेत गराइएको छ।

प्रभु बैंक लिमिटेडका हकमा भने राष्ट्र बैंकले थप कडा कारबाही गरेको छ। समष्टिगत स्थलगत निरीक्षणमा देखिएका गम्भीर कमजोरीहरू समयमै सुधार नगरेको तथा अघिल्ला निरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियतहरूमा अपेक्षित सुधार नभएकाले बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(ख) बमोजिम सुधारात्मक कदम चाल्न कबुलियतनामा गराइएको छ।

यसैगरी, कर्जा वर्गीकरणसम्बन्धी निर्देशन पालना नगरेको, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा राष्ट्र बैंकमा पेश गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणालीको विवरण फरक देखिएको निष्कर्षसहित प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

download 1 https://bajarkochirfar.com/3-commercial-banks-were-taken-into-action-by-the-national-bank-what-punishment-was-given-to-each | %tags

download 2 https://bajarkochirfar.com/3-commercial-banks-were-taken-into-action-by-the-national-bank-what-punishment-was-given-to-each | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स