तीन कम्पनीको लाभांश पाउन मंसिर १३ गतेसम्म सेयरधनी बन्नुपर्ने, कुनले कति दिदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ८ गते
तीन कम्पनीको लाभांश पाउन मंसिर १३ गतेसम्म सेयरधनी बन्नुपर्ने, कुनले कति दिदैछ लाभांश ?

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने मंसिर १३ गते अन्तिम दिन रहेको छ। कृषि विकास बैंक, ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर १३ गतेसम्म कायम रहने सेयरधनीहरू मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

कृषि विकास बैंकले आर्थिक वर्षको नाफाबाट ३.२५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर सहित ९.७५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ। उक्त लाभांश गर्न कम्पनीले मंसिर २९ गते कृषि विकास बैंक लिमिटेडको केन्द्रीय तालिम प्रतिष्ठान बोर्डमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ।

ङादी ग्रुप पावरले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते काठमाडौँको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, बरुण हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश सहित कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्नका लागि कम्पनीले मंसिर २६ गते काठमाडौँको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे वार्षिक साधारण सभा बोलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स