आईसीएफसी फाइनान्स लिमिटेडले आगामी मंसिर २९ गते आफ्नो २१औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको बौद्धस्थित बौद्ध हेरिटेजमा बिहान १० बजेबाट सभा सुरु गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्षका लागि सञ्चालक समितिद्वारा प्रस्तावित १५.७८९५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।
यससँगै सभाले अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्नेछ। साथै लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू लगायतका वित्तीय विवरण पारित गर्नेछ। आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक–क्लोज मिति तय गरेको छ। त्यसैले मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)




![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया