insta insta

नबिल म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

नबिल म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा
Advertisement Ads

 नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फन्ड–२ र नबिल ब्यालेन्सड् फन्ड–३ ले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई नगद लाभांश वितरण गर्ने भएका छन्।

दुवै योजनाका योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले लाभांश वितरण गर्ने निर्णय गरेको हो। निर्णयअनुसार नबिल ब्यालेन्सड् फन्ड–२ का इकाइधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्सड् फन्ड–३ का इकाइधनीलाई २.५ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।

नबिल ब्यालेन्सड् फन्ड–२ का इकाइधनीलाई कुल ३ करोड ९२ लाख रुपैयाँ र नबिल ब्यालेन्सड् फन्ड–३ का इकाइधनीलाई ३ करोड १२ लाख ५० हजार रुपैयाँ प्रतिफल वितरण हुनेछ। दुवै योजनाबाट गरी कुल ७ करोड ४ लाख ५० हजार रुपैयाँ वितरण हुनेछ।

लाभांश वितरण प्रयोजनका लागि दुवै योजनाले असोज ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसैले असोज ६ गते सम्म कायम रहेका इकाइधनीले मात्र सम्बन्धित योजनाको घोषित लाभांश प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स