लाभांश पारित गर्न युनिलिभर नेपालको साधारण सभा आज बस्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
लाभांश पारित गर्न युनिलिभर नेपालको साधारण सभा आज बस्दै

युनिलिभर नेपाल लिमिटेडले आज कार्तिक २५ गते वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभा दिउँसो ४:३० बजे नयाँ बानेश्वरस्थित एभरेष्ट बैंकमा हुनेछ।

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित लाभांश लगायतका विभिन्न एजेन्डा प्रस्तुत गरिनेछ। कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले प्रति शेयर १८४२ रुपैयाँका दरले कुल १८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।

साधारणसभा प्रयोजनका लागि कम्पनीले कार्तिक ११ देखि २५ गतेसम्म बुक क्लोज गरेको छ। त्यसअनुसार कार्तिक १० गतेसम्मका सेयरधनीहरू मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स