युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८० प्रतिशतले कम हो। गत वर्ष यस अवधिमा कम्पनीले ४८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको सञ्चालन आम्दानी घट्दा र खर्च बढ्दा नाफा घटेको हो।
अघिल्लो वर्ष १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी अहिले १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँमा झरेको छ।यसबीचमा, कम्पनीको वित्तीय खर्च पनि केही बढेको छ। अघिल्लो वर्ष १२ करोड ८८ लाख रुपैयाँ खर्च भएकोमा यस वर्ष त्यो रकम बढेर १२ करोड ९७ लाख रुपैयाँ पुगेको छ।
९२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ४ अर्ब ६४ करोड ९४ लाख रुपैयाँमा रहेको छ। युनिलिभर नेपालको प्रति सेयर आम्दानी हाल २,०७४ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ ४,५९३ रुपैयाँमा कायम छ।















प्रतिकृया