युनिलिभर नेपालको बम्पर लाभांश घोषणा

युनिलिभर नेपालको बम्पर लाभांश घोषणा

युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि  लाभांश घोषणा गरेको छ। असोज ७ गते भर्चुअल माध्यमबाट सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १८४२ प्रतिशत नगद लाभांश (अर्थात् प्रति सेयर १८४२ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको हो।

घोषित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्। यसका लागि कम्पनीले कार्तिक २५ गते साधारणसभा गर्ने निर्णय गरेको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले कार्तिक ११ देखि २५ गतेसम्म बुक क्लोज गर्ने भएकाले, कार्तिक १० गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्ने र साधारणसभामा भाग लिन सक्ने छन्।

DIVIDEND FY 8182 3 https://bajarkochirfar.com/unilever-nepal-announces-bumper-dividend | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स